- प्रदेशस्तरमा वातावरणीय संरक्षण तथा स्वच्छता सम्बन्धी प्रविधि विकास र व्यवस्थापन ;
- प्रदेशस्तरमा वातावरण सम्बन्धी नीति, कानून, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन र नियमन ;
- प्रदेशस्तरमा वातावरणीय सूचना प्रणालीको स्थापना ;
- प्रदेशस्तरमा वातावरणीय जोखिमका लागि तयारी तथा उद्धार ;
- प्रदेशस्तरमा वातावरणीय प्रयोगशालाको स्थापना, सञ्चालन र व्यवस्थापन ;
- प्रदेशस्तरमा ठोस, वायु, तरल, जल, ध्वनि तथा बिद्युतीय लगायत प्रदुषणको मापदण्ड निर्धारण, कार्यान्वयन, अनुगमन र नियन्त्रण ;
- प्रदेशस्तरमा न्यून कार्वनमुखी तथा वातावरणमैत्री विकास प्रकृया र हरित क्षेत्र प्रवर्द्धन ;
- प्रदेशस्तरमा वातावरणीय संरक्षण क्षेत्र तथा प्राकृतिक सम्पदाको संरक्षण र सम्बर्द्धन ;
- प्रदेशभित्र वातावरणीय क्षेत्रको अध्ययन, अनुसन्धान, क्षमता अभिबृद्धि, वातावरणीय सुशासन तथा परीक्षण ;
- भूपरिधि क्षेत्र तथा वन क्षेत्रको पहिचान, बर्गिकरण, संरक्षण र व्यवस्थापन ;
- संरक्षण क्षेत्र पहिचान र व्यवस्थापकीय पद्धति निर्धारण ;
- अन्तरप्रदेशीय नदी उकास तथा सडक किनार वृक्षारोपण व्यवस्थापन ;
- वृक्षारोपणको लागी दिगो तथा गुणस्तरीय बीउ उत्पादन, बीउबगैंचा स्थापना र व्यवस्थापन ;
- प्रदेशभित्र वृक्षारोपण तथा सम्भार सम्बन्धी नीति, कानून तथा मापदण्ड, तर्जुमा, कार्यान्वयन र नियमन ;
- प्रदेशभित्र जडिबुटि तथा अन्य गैरकाष्ठ वन पैदावार सम्बन्धी व्यवस्थापन ;
- वन्यजन्तु र चराचुरुङ्गी सम्बन्धी प्रादेशिक नीति, कानून तथा मापदण्ड तर्जुमा, कार्यान्वयन र नियमन ;