नेपालको संविधानमा भएको व्यवस्था अनुरुपका तीन तहका राज्य संरचना मध्ये प्रदेश तहको सुदूरपश्चिम प्रदेशमा पर्ने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय उद्योग, पर्यटन र वन क्षेत्रसंग प्रत्यक्ष एवम परोक्ष सरोकार राख्ने महत्वपूर्ण मन्त्रालय हो । नेपालको संविधानको धारा १६८ मा रहेको प्रदेश मन्त्रिपरिषद्को गठन सम्बन्धी व्यवस्था अनुरुप प्रदेश मन्त्रिहरुका कामकारवाही संचालन गर्न मन्त्रालय गठन हुने क्रममा मिति २०७४।१०।२८ गते यो मन्त्रालय स्थापना भई निरन्तर संचालनमा रहेको छ ।यस मन्त्रालयको उद्देश्य प्रदेश भरीका नागरिकहरुको जीवनस्तर सुधार्न उद्योग, पर्यटन र वन क्षेत्रलाई व्यवस्थित गरी विभिन्न योजनाहरु र कार्यक्रमहरुको कार्यान्वयन गर्नु हो ।
यस मन्त्रालयका मुख्य क्षेत्रहरूमा उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण , पर्यटन , वन तथा भू संरक्षण, वातावरण तथा जलवायू परिवर्तन, विज्ञान तथा प्रविधि रहेका छन। यी सबै क्षेत्रहरूमा यो मन्त्रालयले समग्र विकासका लागि रणनीतिहरू तयार गरी काम गर्दछ । यस मन्त्रालयले प्रदेशका हरेक क्षेत्र र समुदायसँग समन्वय गरी उद्योग, पर्यटन, भू संरक्षण र वनसँग सम्बन्धित महत्त्वपूर्ण कार्य गर्दै आएको छ।