१ व्यापार/बाणिज्य र बजार प्रतिस्पर्धा सम्बन्धी प्रादेशिक नीति, कानून, मापदण्ड तथा योजनाको तर्जुमा, कार्यान्वयन एवम् नियमन र सिन्डिकेट तथा कार्टेलिङ नियन्त्रण ;
२ प्रादेशिक व्यापार सम्बन्धी पूर्वाधार निर्माण, प्रवर्द्धन, सहजीकरण, बजार अनुगमन, समन्वय, तथ्याङ्क प्रणाली, बौद्धिक सम्पत्ति संरक्षण, अध्ययन तथा अनुसन्धान र नियमन ;
३ ढुवानी/परिवहन प्रणाली तथा कार्गो व्यबस्थापन ;
४ नेपाल सरकारको सहमतिमा आर्थिक तथा औद्योगिक विषयका करारजन्य सम्झौता ;
५ व्यापारिक फर्महरुको दर्ता, नवीकरण, खारेजी र नियमन ;
६ खानी तथा खनीज पदार्थको अन्वेषण सम्बन्धी प्रादेशिक नीति, कानून,मापदण्ड र योजना तर्जुमा तथा कार्यान्वयन र नियमन एवम् पूर्वाधार विकास, अनुसन्धान, सर्वेक्षण, लगत संकलन, अभिलेखाङ्कन, अन्वेषण, उत्खनन्, प्रादेशिक प्रयोगशालाको स्थापना तथा सञ्चालन र संघसंग समन्वय ;
७ भौगर्भिक अध्ययन तथा अनुसन्धान र नक्सा सम्बन्धी ;
८ कलकारखाना र औद्योगिकीकरण सम्बन्धी नीति, कानून, मापदण्ड र योजना तर्जुमा तथा कार्यान्वयन र नियमन ;
९ उद्योग दर्ता, अनुमति, नवीकरण एवम् खारेजी र औद्योगिक विकास तथा औद्योगिक व्यवसायको प्रवर्द्धन र नियमन ;
१० प्रदेशस्तरको उद्योग क्षेत्रको भौतिक पूर्वाधार विकास सम्बन्धी योजना तर्जुमा र कार्यान्वयन तथा औद्योगिक क्षेत्र र विशेष क्षेत्रको स्थापना, सञ्चालन र विस्तार ;
११ औद्योगिक वस्तुको निर्यात प्रवर्द्धन ;
१२ सार्वजनिक सेवा, अत्यावश्यक सेवा र वस्तु आपूर्ति सम्बन्धी नीति, कानून तथा मापदण्ड तर्जुमा, कार्यान्वयन र नियमन ;
१३ उपभोक्ता हक अधिकार संरक्षण तथा प्रवर्द्धन, उपभोक्ता जागरण कार्यक्रम तर्जुमा, कार्यान्वयन तथा अनुगमन ;
१४ मूल्य र कालोबजारी तथा कृत्रिम अभाव नियन्त्रण एवम् नियमन
१५ संघीय मापदण्ड अनुसार स्ट्याण्डर्ड वर्गीकरण, गुणस्तर परीक्षण र नियमन ;
१६ उपभोक्ता अदालत गठन र सञ्चालन स
१७ अत्यावश्यक वस्तुहरुको प्रादेशिक माग र आपूर्ति सम्बन्धी सूचना संकलन, विश्लेषण, प्रक्षेपण र आपूर्ति व्यबस्था, मौज्दातको व्यबस्था र आपूर्तिमा अन्तरप्रादेशिक र स्थानीय तहबीच समन्वय ;
१८ लक्षित क्षेत्र र वर्गका लागि वस्तु र सेवामा प्रादेशिक अनुदान र नियमन ;
१९ करार, साझेदारी र एजेन्सी सम्बन्धी प्रादेशिक नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन ;
२० संघ संगको समन्वयमा कम्पनी स्थापना सम्बन्धी नीति तथा कानून तर्जुमा तथा कार्यान्वयन, नियमन र कम्पनी प्रशासन ;
२१ दामासाहिमा परेका उद्योग, व्यवसायिक कम्पनी तथा फर्म व्यवस्थापन सम्बन्धी नीति, कानून, मापदण्ड तर्जुमा, कार्यान्वयनर नियमन ;
२२ प्रदेशस्तरमा हानिकारक पदार्थहरुको नियमन तथा व्यबस्थापन ;
२३ प्रदशस्तरमा ईन्धनको गुणस्तर अनुगमन ;
२४ संघीय कानून बमोजिम क्यासिनो तथा चिठ्ठा दर्ता, अनुमति र नियमन सम्बन्धी ;
२५ प्रदेशभित्रका उद्योगहरु र साना, मझौला, घरेलु तथा लघु उद्योगहरु स्थापना र प्रवर्द्धन सम्बन्धमा नीति, कानून तथा मापदण्ड तर्जुमा, कार्यान्वयन र नियमन; औद्योगिक तथा व्यापार प्रदर्शनीको आयोजना तथा व्यबस्थापन ;
२७ उद्योगमा श्रममूलक प्रविधि र स्वदेशी श्रमिकको उपयोग ;
२८ स्वरोजगारका लागी उद्यमशीलता विकास, प्रशिक्षण, सहुलियत कर्जा र व्यबसाय प्रवर्द्धन सहायता