• प्रदेशस्तरमा वन क्षेत्रको नीति, कानून, मापदण्ड तथा योजना तर्जुमा, कार्यान्वयन र नियमन ;
  • वन्यजन्तु र वन पैदावार ओसारपसार सम्बन्धी नियमन र अपराध नियन्त्रण ;
  • वन वनस्पति वन्यजन्तु र जैविक विविधता सम्बन्धी प्रादेशिक सङ्ग्रहालय व्यवस्थापन ;
  • प्रदेशस्तरमा संरक्षण क्षेत्र र चरन क्षेत्रको व्यवस्थापन ;
  • हात्तीसार तथा चिडियाखानाको व्यवस्थापन ;
  • जडिबुटी खेती प्रविधि प्रवर्द्धन, विस्तार तथा बजारीकरण सम्बन्धी नीति तथा कानून तर्जुमा, तथा कार्यान्वयन र नियमन, अध्ययन अनुसन्धान तथा तथ्यांक संकलन ;
  • वन तथा वातावरण सम्बन्धी विषयमा प्राविधिक सूचना तथा सेवा प्रबाह ;
  • वन अतिक्रमण तथा वन डढेलो नियन्त्रण तथा रोकथाम सम्बन्धी नीति, समन्वय र सहयोग ;
  • प्रदेशस्तरमा वनस्पति उद्यान तथा हर्वेरीयमहरुको व्यवस्थापन र वनस्पति पहिचान तथा अभिलेखीकरण सम्बन्धी नीति र व्यवस्थापन ;
  • प्रदेशस्तरमा जैविक विविधताको अध्ययन, अनुसन्धान, व्यवस्थापन, नियमन, संरक्षण एवम् लाभांश बाँडफाँड